image
image

कालिन्चोक दर्शनले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौँ, २४, पुस । कालिन्चोक दर्शन प्रा.लिले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।