image
image

२० अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ, २४, पुस । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो । 

२० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ । 

यसदिन खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ भने झण्डै १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएकोमा छ ।आज बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १० वटा उपसूचक धनात्मक भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।