दुई हजार ३२५ नमुना परीक्षण गर्दा दुईजनामा कोरोना
काठमाडौँ, २४, पुस । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई संक्रमित थपिएका छन् । दुई हजार ३२५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा दुईजना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १५:३८









