image
image

आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौँ, २५, पुस । सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमवार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको अन्तिम दिनका तुलनामा आइतवार सुन एक हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। सोमवार कारोबार मूल्य तोलाको १३ सय ९० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो।१५ रुपैयाँ बढ्दा आइतवार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमवार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ। आइतवार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।