image
image

मुक्तिनाथ विकास बैंकद्धारा बाल अस्पताल निर्माणमा सहयोग

काठमाडौँ, २५, पुस । मुक्तिनाथ विकास बैंकले झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्थापनाको १७औँ वर्ष प्रवेशको अवसर पारेर बैंकले प्रा।डा। भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक संस्थाले निर्माण गरिरेहको अस्पताल भवनलाई सहयोग गर्ने सम्झौता गरेको हो । 

सम्झौतामा प्रा।डा। कोइराला र बैंकका अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेको जनाइएको छ । बैंकले गरेको यो सहयोगबाट बालबालिकाको स्वास्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिएका छन्।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।