image
image

नेप्से परिसूचक २१.३५ गिरावट

काठमाडौँ, २६, पुस । मङ्गलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।

आज नेप्से परिसूचक २१.३५ अङ्क घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अङ्कले घटेको छ ।

कारोबारमा आएका २५४ कम्पनीको दुई करोड आठ लाख ४३ हजार कित्ता शेयर सात अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । आज ङादी गु्रप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।