image
image

चालु आर्थिक बर्षमा विदेश अध्ययनका लागि बाहिरियो २२ अर्ब ६१ करोडः राष्ट्र बैंक

काठमाडौँ, २६, पुस । नेपालमा बर्षेनी उच्च शिक्षा अध्यनका लागि हजारौं विद्यार्थी विदेश पलायन हुने झन बढेको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बढेर गएको छ । 

नेपाल राष्ट्र बैंकले जनाएअनुसार यस आर्थिक बर्षमा मात्रै विदेश अध्ययनका लागि जानेहरुबाट २२ अर्ब ६१ करोड रुपियाँ बाहिरिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पोखरेलले पछिल्लो समयमा विदेश अध्ययनका लागि विदेशी मुद्रा बाहिरिने क्रम बढ्दो रहेको बताए । 

नेपालमा राम्रो शिक्षाको अवसर, खोजेअनुसारका विषय र सुविधा नहुँदा विद्यार्थी युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका मुलुकमा अध्ययन गर्न जान लालयीत हुने गरेको देखिन्छ । अभिभावकहरु पनि आफ्ना सन्तानलाई स्वदेशमै पढाउन भन्दा बाहिर पढाउने खुशी हुने र विद्यार्थीहरु पनि बाहिर जान पाए बढी सुख सयल र पैसा धेरै कमाउन पाइने मानसिकताले पनि विदेश पलायन बढेर गएको हो । 

नेपालमा राजनीतिक र शैक्षिक स्थिरता नहुनु, हरेक क्षेत्रमा बढी राजनीति हुनु, पढेपछि पनि रोजगारीको सुनिश्चितता नहुने जस्ता कुराले विद्यार्थीहरु विदेश पढ्न जान र उतै स्थायीरुपमा बस्न रुची राख्ने गरेका हुन् । यसरी पढ्न जानेहरुले सरदर १५ लाख रुपियाँसम्म खर्च गर्ने गरेको देखिन्छ । 

नेपाली विद्यार्थीहरु अध्ययनका लागि ३० भन्दा बढी देशमा जाने गरेको तथ्यांक छ । कोभिड महामारीका कारण झण्डै दुई बर्षसम्म विदेश अध्ययनका लागि जान कठिनाई भएर रोक्किएकाहरु पनि अहिले गइरहेको देखिन्छ । उनीहरुलाई नेपालमै अवसरको सिर्जना गरेर फर्काउन भने सरकार र राजनीतिक दलहरुले कुनै पहल गरेको देखिन्न । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।