image
image

गहुँ आयातमा ढिलासुस्ती

कामठाडौँ, २७, पुस । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नयाँ मन्त्री नआएसम्म फाइल अघि नबढ्ने बताए । १२ दिनअघि भारत सरकारबाट नेपालका लागि ५० हजार टन गहुँ निर्यातको स्वीकृति आए पनि मन्त्रालयबाट कुन उद्योगलाई कति टन दिने भन्ने चिठी भारतको सम्बद्ध मन्त्रालयमा नपुगेका कारण स्वीकृत कोटाको गहुँसमेत आयात हुन नसकेको हो ।

भर्खरै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिव मधुकुमार मरासिनीले आफू भर्खरै हाजीर भएकाले कुन शाखामा के भइरहेको छ भन्ने अध्ययन गरिरहेको र अहिले नै सबै कुरा भन्न नसक्ने बताए ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले ४ महीनाअघि नै कोटा पठाएको भए अहिले दोस्रो खेप गहुँ भारतबाट आइसक्ने बेला भएको उल्लेख गरे । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।