डलरको भाउ घट्यो, आज कुन देशको मुद्राको विनिमयदर कति ?
कामठाडौँ, २७, पुस । बुधबार अमेरिकी डलरको भाउ घटेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेकामा बुधबार घटेर खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ १६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ५० रुपैयाँ कायम भएको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
विस्तृतमा विनिमयदर










