image
image

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि

काठमाडौँ, २७, पुस । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एकीकृत कारोबार आजदेखि शुरु गर्दैछन् । आजबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार हुने दुवै बैंकले जानकारी दिएका छन् ।

दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेका थिए । यसअघिनै नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको दरबारमार्गस्थिति कार्यालय रहने छ । मर्जरपछि बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने सहमति भएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८.३१ अर्ब तथा मेगा बैंकको चुक्ता पूँजी १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी ३४.४३ अर्ब भइ सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बनेको छ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंकको ५.९२ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १७३.४६ अर्ब र मेगा बैंकको १५०.४६ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १८२.०१ अर्ब र मेगा बैंकको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक बनेको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।