image
image

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ, २७, पुस । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको छ । यसमा अति प्रभावित क्षेत्रबाट रितपूर्वक आवेदन दिएका १ हजार ७७२ जना आवेदकहरुमध्ये १० कित्तादेखि १२ सय कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । 
 
यस्तै, १२ सय कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२ सय कित्ताका दरले सेयर दिइएको छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ३८० कित्ता सेयर भने १३ सय कित्तादेखि ९ हजार ५२० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । 
 
यता, प्रभावित क्षेत्रबाट आवेदन दिएका २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८०० कित्ताको लागि आवेदन दिएकामा ४ लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० अनुसारले बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । बाँडफाँटको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने छ । 
 
माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म जारी पुँजीको १०% ले हुने १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावत स्थानीयलाई बिक्री खुला गरेको थियो । जसमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी न.पा वडा नं. ३,४ र ५, मादी न.पा. वडा नं. ४ र ६ का बासीन्दाहरुको लागि ६ लाख कित्ता छुट्याइएको थियो । यस्तै, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकका अन्य स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता सेयर छुट्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।