image
image

स्वरोजगार लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव

काठमाडौँ, २८, पुस । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २३.१५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल यो कम्पनीको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।