image
image

४१ अङ्कले घटेर शेयर बजार राताम्मे, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ, २८, पुस । शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।