image
image

फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

काठमाडौँ, २९, पुस । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ। 

चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा बढोत्तरी आएको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको खरिदमा वृद्धि भइरहेको विज्ञहरु बताउँछन्। 

चीनले झन्डै तीन वर्षपछि सीमा नाका खोलेको छ। यसअघि त्यहाँ कोरोनासँग लड्न कडा प्रतिबन्ध लगाइएको थियो।

गत मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्चस्तर हो। तर हालै प्रतिब्यारेल ७५ डलरको नजिक पुगेको छ। 

गत साता ब्रेन्ट क्रुड र यूएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड (डब्ल्यूटीआई) ८ प्रतिशतले घटेको थियो। तर, यो साता भने निरन्तर बढेको छ। यो साता ब्रेन्ट ६.७ प्रतिशत र डब्ल्यूटीआई ६.२ प्रतिशत बढेको छ। 

आज शुक्रबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट फ्युचर्स ४५ सेन्टले घटेर ८३.५८ डलर प्रतिब्यारेल कायम भएको छ। डब्ल्यूटीआई पनि ३३ सेन्टले घटेर ७८..०६ डलरमा झरेको छ –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।