image
image

सुनको भाउ यो बर्षकै उच्च, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ, १, माघ । कारोबारको पहिलो दिन आइतबार सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ। आज प्रतितोला छापावाल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ। जुन यो वर्षकै उच्च हो। 

यसअघि सुनको भाउ गत वर्ष फागुन २५ गते हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छावावाल सुन १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीभाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।