image
image

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ३, माघ । मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बढेकाे बजारमा अन्य समूहकाे तुलनामा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे धेरै आकर्षण देखिएकाे छ । सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश स्थान हाइड्रोपावर कम्पनीले नै ओगटेका छन् । यता सबैभन्दा धेरै बढ्ने उपसमूहमध्ये पनि दोश्रो स्थानमा हाइड्रोपाववर समूह नै रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेकाे छ । नेप्से १.५२ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले बढेर ४१६.०६ विन्दुमा पुगेकाे छ 

कूल २५० वटा कम्पनीकाे एक कराेड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्गबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह र दाेश्राेमा हाइड्राेपावर समूह बढेकाे छ । 

मंगलबार अपि पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २३ कराेड २६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आजै मात्र ४० प्रतिशत हकप्रद निष्कासन गर्ने सूचना सार्वजनिक गरेको थियाे ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यसदिन सर्वाधिक मूल्य बढ्ने १० वटा कम्पनीमध्ये ८ वटा हाइड्राेपावर नै छन् ।
यस दिन प्रभु सेलेक्ट फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ८.४५ प्रतिशतले घटेर ८ रूपैयाँ ९९ पैसामा झरेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।