image
image

९ महिनामा ४ अर्ब ८५ करोड विदेशी लगानी प्रस्ताव

काठमाडौँ, ३, माघ । नेपालमा यो वर्ष ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार २०७९ सालको पुससम्मको अवधिमा उक्त रकमको लगानी प्रस्ताव आएको हो ।

यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये १९ वटा साना तथा मझौला उद्योग रहेका छन् भने ठुला उद्योगमा लगानी प्रस्ताव जम्मा एउटा आएको छ ।

यसमध्ये उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटन मूलकमा ५ वटा लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामूलक उद्योगमा ७ वटा लगानी प्रस्ताव आएको छ भने सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएको छ । 

यसैगरी, पूर्वाधारतर्फ २ वटा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । मंसिर महिनासम्म १६ वटा विदेशी लगानीको प्रस्ताव आएको थियो । 

विभागका अनुसार पुस महिनामा थप ४ वटा विदेशी लगानीको प्रस्ताव आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।