image
image

आजदेखि सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ, ४, माघ । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ३३ लाख ३२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । 

यस्तै,  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने  ४ लाख ९९ हजार ८ सय ७५ कित्ता निष्कासन गर्नेछ । सर्वसाधारणहरूलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७ सय ५० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएकाे हाे ।

क-कसले भर्न पाउँछन् ?

आयोजना प्रभावितका लागि निष्कासन गरिने सेयरमध्ये अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ । आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् । त्यस्तै, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । 

कति दिने आवेदन ?

स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा स्थानियले छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १८ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लाेबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन  सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।