प्रि ओपन सेसनमा नेप्से सूचक ३.६१ अंकले बढ्यो
काठमाडौँ, ४, माघ । प्रि ओपन सेसनमा नेप्से सूचक ३.६१ अंकले बढेको छ । यससँगै सूचक २१८५.७३ विन्दुमा आएको छ । यो सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । १२ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल ५७ वटा कारोबार भएको हो ।









