image
image

नेपाल राष्ट्र बैंकद्धारा ६ वटा विकास बैंकमाथि कारबाही

काठमाडौँ, ४, माघ । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकमाथि विभिन्न नियम मिचेको ठहर गर्दै कारबाही गरेको छ। 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो। 

राष्ट्र बैंकले कर्णालीलाई अनिवार्य मौज्दातमा दुईपटक र विपन्न वर्ग कर्जामा एकपटक कारबाही गरेको छ। जसअनुसार अनिवार्य मौज्दातमा कर्णालीलाई पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ जारिवाना गरिएको छ। 

अनिवार्य मौज्दातमै सालपाले ३५३.९० रुपैयाँ जरिवाना तिरेको छ। 

उता कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन्। 

कर्जा निक्षेप अनुपातमा कर्पोरेटले साउनमा २० लाख १३ हजार ३.३५ रुपैयाँ र भदौमा २३ लाख १४ हजार ४९३.७२ रुपैयाँ जरिवाना तिरेको छ। 

कर्जा निक्षेप अनुपातमा सिन्धुलीले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेको छ। 

यही शीर्षकमा नारायणीले साउनमा ४ लाख ६३ हजार ७९४.१७ रुपैयाँ र भदौमा ५ लाख १६ हजार ३०७.९८ तथा सप्तकोशीले साउनमा २१ लाख ८० हजार ६६.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४.६१ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई तिरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।