image
image

नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ९२ करोडको कारोबार

काठमाडौँ, ४, माघ । साताको दोस्रो कारोबार दिन बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो । 

तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता सेयर किनबेच भएको छ ।

 अघिल्लो दिन ३२ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

यस दिन बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् । 

आज पनि पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घट्न पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।