image
image

शुभम पावरद्धारा आइपीओ बाँडफाँड

काठमाडौँ, ४, माघ । शुुभम पावर लिमिटेडको बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।

 बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाण्डौंमा सरोकारवालाका प्रतिनिधीहरु, लगानीकर्ताहरु तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न गरिएको हो ।

कम्पनीले १ सय रुपैयाँका दरले ५८ हजार ५८ कित्ता साधारण शेयर बाँडफाँड गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि गत पौस ६ गतेदेखि पौस २० गतेसम्म खरीद आव्हान गरिएको थियो ।

सो अवधि भित्र जम्मा ९ हजार २ सय ८२ जना आवेदकहरुबाट ४ लाख ४७ हजार ९ सय ७० कित्ता साधारण शेयरको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक आवेदन दिने ९ हजार २ सय ८० जना आवेदकहरुबाट प्राप्त भएको ४ लाख ४७ हजार ९ सय ४० कित्ता बाँडफाँडको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये ५ हजार ८ सय ५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी ५८ हजार ५८ कित्ता शेयर बाँडफाँड गर्ने कार्य यहि माघ २ गते सम्पन्न भएको छ ।

यसरी हेर्नुहोस रिजल्टः

साथै, शेयर बाँडफाँडमा परेका शेयरधानीहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको 

वेवसाइटः   https://muktinathcapital.com/ बाट हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।