image
image

चौरासी लाख ४७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ, ४, माघ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८४ लाख ४७ हजार ८ सय ६०.६३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

विभिन्न तीन कम्पनीले शेयरधनीहरुलाई बोनस बापत प्रदान गरेको आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज भई एकीकृत कारोबार समेत गरिसकेको मेगा बैंक शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार १ सय ८४.५८ कित्ता शेयर सूचीकृत भएको हो । 

यता, गुुराँस लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता शेयर आजै सूचीकृत भएको हो । 

त्यसैगरी रुरु जलविद्युत परियोजनाले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ४ लाख ४८ हजार ४ सय ७६.०५ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।