सुनको भाउ स्थिर हुँदा घट्यो चाँदीको भाउ
काठमाडौँ, ५, माघ । बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बुधबारकै मूल्यमा बिहीबार सुन खरिदबिक्री गर्न पाइने भएको छ भने चाँदीको भाउमा भने गिरावट आएको छ ।
आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँ र तेजावी सुन एक लाख ४ हजार रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।
त्यस्तै, एक हजार ३७५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको भाउ आज एक हजार ३५५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।









