image
image

चलचित्रका लागि केकीले गरिन केश मुण्डन 

काठमाडौँ। अभिनेत्री केकी अधिकारीले चलचित्र 'बोक्सीको घर' लागि केश मुण्डन गरेकी छिन।  

केकीले केश मुण्डन गरेपछि खिचेका केहि तस्बिरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । उनको यो लुक्स देखेपछि दर्शकहरुमा चलचित्रप्रति कौतुहलता जागेको छ।  

चलचित्रका लागि पहिलो पटक आफ्नो कपाल त्याग गरेकी उनले चलचित्रको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् । 
 
‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । 


सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।