image
image

खर्च कटौती गर्न तात्यो अर्थ मन्त्रालय-बोतलको पानी प्रयोग नगर्नेदेखि भत्ता कटौतीसम्म

काठमाडौँ, ५, माघ । चालू आर्थिक वर्षको मध्यावधि सकिएपछि अर्थमन्त्रालय खर्च कटौती गर्न तातेको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा सरकारी निकायको चालू प्रकृतीका प्रशासनिक खर्च घटाउने उल्लेख छ । उक्त बुँदामा कम्तिमा १५ प्रतिशतले खर्च घटाउने गरी बजेट कार्यान्वय गर्ने भन्ने लेखिएको छ । सोहीअनुसार खर्च कटौती गर्न मन्त्रालय तातेको हो ।

यसका लाग मन्त्रालयले १७ बुँधे निर्देशन जारी गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशन यस्तो छ – 
-   अति आवश्यक बाहेकका स्वदेश तथा  विदेशका भ्रमणलाई निरुत्साहित गर्ने
-   दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्न
-   अति आवश्यक  देखि बाहेक थोरै र पटकेकको रुपमा प्रयोग हुने सामान स्टक नराख्ने
-   मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तकहरु कम गरी वेबसाइटमा राख्ने
-   अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठि नगर्ने । गर्नै पर्ने  भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरु प्रयोग गर्ने
-   स्वीकृत कार्यक्रमहरु पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने
-   बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइदै आएको सुविधा नदिने । दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने
-   अति आवश्यक विना एसी हिटर र पंखाको प्रयोग नगर्ने
-   बोतलको पानीलाई निरुत्साहित गर्ने
-   कार्यालयमा  प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने
-   स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करारतथा ज्यालादारीमा  कामकाज नलगाउने
-   बैठकहरु कार्यालय समयभित्र मिलाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।