image
image

नेप्से ५ अंकले वृद्धि, ३ अर्बको कारोबार

काठमाडौँ, ५, माघ । बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो । 

तर, आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ । 

यता डेभलमेन्ट बैंक समूहको उपसूचक ०.१४ प्रतिशतले घट्दा आज फाइनान्स समूहको उपसूचक ०.४६ प्रतिशतले, होटल तथा पर्यटन १.०९ प्रतिशतले, लाइफ इन्स्योरेन्स ०.३० प्रतिशतले, म्यानु एण्ड प्रो ०.४९ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.७४ प्रतिशतले र अन्य समूहको उपसूचक ०.८८ प्रतिशतले घटेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।