image
image

आत्मनिर्भर लघुवित्तले तोक्यो आईपीओ निष्काशनको मिति, कसले कहिले भर्ने ?

काठमाडौँ, ६, माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गते र आम सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।  

कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता,  कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ । बाँकी रहेको १ लाख ६९ हजार ५५ कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणलाई छुट्याइएको आईपीओ १६ हजार ९ सय जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ता पाउने छन् । 

कम्पनीको आईपीओमा नेपाली श्रमिकले माघ १६ गतेदेखि फागुन १ गतेसम्म र आम सर्बसाधारणहरुले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।