image
image

पाँच महिनामा ४० करोडको स्यानिटरी प्याड आयात

काठमाडौँ, ६, माघ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ४० करोड ५२ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ । भन्सार विभागका अनुसार सो रकमको ४ करोड ९६ लाख ७४ हजार ४११ पिस प्याड आयात भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १४ करोडले कम हो ।

गत वर्ष सोही अवधिमा ५४ करोड ८५ लाख ६९ हजार रुपैयाँ बराबरको ६ करोड ६६ लाख ९९ हजार ९६७ पिस आयात भएको थियो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी भारतबाट ३२ करोड ५४ लाख २४ हजार रुपैयाँ बराबरको ३ करोड ६७ लाख ९३ हजार ५५३ वटा स्यानिटरी प्याड आयात भएको छ । यस्तै चीनबाट ७ करोड ५५ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ८० हजार ८५१ प्याड आयात गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १५ लाख ३६ हजार मूल्य बराबरको २५ हजार ४०० वटा मिन्सट्रुअल कप र टेम्पोन आयात गरिएको छ । सबैभन्दा बढी चीनबाट ४ लाख १५ हजार रुपैयाँ बराबरको १७ हजार ८१३ वटा र भारतबाट ९ लाख ९१ हजार रुपैयाँ बराबरको ६ हजार २६७ वटा आयात गरिएको विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा १६ लाख ४ हजार रुपैयाँ बराबरको २३ हजार ७५३ वटा आयात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।