image
image

राष्ट्र बैंकले १३ महिनापछि हटायो नगद मार्जिन राख्नुपर्ने व्यवस्था, आयात सहज हुने

काठमाडौँ, ६, माघ । नेपाल राष्ट्र बैंकले नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ ।

राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गर्दै नगद मार्जिन खारेज गरेको हो । ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इजाजत प्राप्त परिपत्रः ०१-२०७८ को दफा १.१७ लाई खारेज गरिएको हुँदा सोही बमोजिम गर्नु÷गराउनु हुन विदेशी विनिमय (नियमित गर्न) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ,’ जारी परिपत्रमा उल्लेख छ ।

यसअघि राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माण सामाग्री, प्लास्टिकजन्य सामान र मोटरसाइकल, हवाइजहाज लगायतका उपकरणका पाटपुर्जा आयात गर्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको थियो ।

विदेशी मुद्राको संचिती घट्दै गएपछि राष्ट्र बैंकले २०७८ पुस ५ गते २० समूहका वस्तु र २०७८ माघ २८ गते थप २७ समूहका वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

यस्तै, नगद मार्जिन राख्नका लागि कर्जा नदिनसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएसँगै व्यवसायीले सहज रुपमा विभिन्न वस्तु आयात गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।