image
image

माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २ करोड नाफा

काठमाडौँ, ८, माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैकले १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ५० अर्ब ५४ करोड २१ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३५ अर्ब ५७ करोड ७१ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।