image
image

विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा लगे २९ अर्ब

काठमाडौँ, ८, माघ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् ।

गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न जानेहरुले १३ अर्ब ५३ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै मात्रै लगेका थिए ।

५ महिनाको अवधिमा अवधिमा खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यस्तै अवधिमा खुद सेवा आय  ३८ अर्ब १३ करोड रूपैयाँले घाटामा थियो ।

सेवा खाता अन्तर्गत ५ महिनामा भ्रमण (पर्यटन) आय १३२.९ प्रतिशतले बढेको छ । यसबाट नेपालले २३ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पर्यटन आय १० अर्ब १४ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गएर खर्चिने रकम ६४ प्रतिशतले वृद्धि बढेर ४२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।