image
image

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ९, माघ । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।