image
image

अर्थ मन्त्रालयद्वारा १५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई परिपत्र

काठमाडौँ, ९, माघ । सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९ र रुस तथा युक्रेन युद्धका कारण आर्थिक संकट बढ्दै गएपछि सरकारले खर्च कटौती गर्न लागेको हो ।

अर्थमन्त्रालयले विभिन्न १७ वटा शीर्षकमा खर्चमा मितव्ययिता अपनाउन मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै खर्च कटौती कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा चालु खर्च घटाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै खर्चमा मितव्ययतिता अपनाउन झण्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अत्यावश्यक बाहेकका स्वदेशी र वैदेशिक भ्रमण तथा बोतलको पानीमा समेत अर्थले कडाइ गरेको छ । त्यस्तै, अर्थले लागु गरेको मापदण्डमा अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहित गर्ने उल्लेख छ ।

त्यस्तै, मन्त्रालयले अति आवश्यकबाहेकका सेमिनार, तालिम, गोष्ठी नगर्ने जनाएको छ । स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गर्दै नगर्दा पनि हुने कार्यक्रमलाई स्थगन गर्ने उल्लेख छ । सम्भव भएसम्म फर्निसिङलगायतका नयाँ सामान नकिन्न अर्थले सुझाएको छ ।

त्यस्तै, पत्रपत्रिका खरिद, पर्चाहरू छाप्न निरुत्साहित गरेको छ । त्यसैगरी, अत्यावश्यक विना एसी, हिटर र पंखा समेत प्रयोग नगन अर्थमन्त्रालयले माफदण्डमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।