image
image

नेप्से परिसूचक १३.७१ अंकले घट्यो

काठमाडौँ, ९, माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा रातो रङ देखिएको हो ।

कारोबार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक २२ सय अंकमाथि पुगे पनि त्यो टिकाउ हुन सकेन । बिक्रीकर्ता हाबी हुँदा नेप्से परिसूचक ओरालो लागेको हो ।

नेप्सेमा तीन अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ । २५७ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा सोमबार बढी कारोबार हुनेमा वाणिज्य बैंक अगाडि रहे । 

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ ।

सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्त, सानिमा जीआईसी तथा कुमारी बैंकका लगानीकर्ता छन् । गुमाउनेमा हिमालयन हाइड्रो पावर, लिबर्टी इनर्जीका लगानीकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।