image
image

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ, ११, माघ । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरले आयोजना अति प्रभावित क्षेत्रका लागि जारी गरेको १ लाख ३६ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि जारी गरेको २ लाख ४ हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा रितपुर्वक आवेदन दिनेहरुको लागि आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि मंसिर २७ गतेदेखि १९ गते सम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागी मंसिर २७ गतेदेखि पौस १२ गतेसम्म आइपीओ निष्काशन गरेकोमा सो समयमा रितपुर्वक आवेदन दिने सम्पुण आवेदकहरुहरुको आवेदन बाँडफाँड गरेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मुल्यका दरले निष्काशन गरेको थियो ।

यसरी हेर्न सकिन्छ, नतिजाः

एनएमबि क्यापिटलको वेवसाइट  https://www.nmbcl.com.np/ मार्फत रिजल्ट हेर्न सकिन्छ । साथै, कम्पनीको वेवसाई   https://asianhydro.com.np/  मार्फत रिजल्ट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।