image
image

ओरालो लाग्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ, १३, माघ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ। यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा झरेको छ। 

 हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च पनि हो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।