image
image

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग

काठमाडौँ, १३, माघ । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए ।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । उनले भनेका छन्, “सो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।”

सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “अफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।”

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । 

डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।