image
image

नेप्सेमा १४ अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौँ, १५, माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।

परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि आज ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा ६.८८ अंक र जीवन बीमा समूहमा ३७.९६ अंक सुधार आएको छ । यसबाहेक, आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आएको छ । आज यो समूह ६१ अंकले घटेको छ भने वित्त समूह ३७ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।