नबिल बैंकको १ लाख ५० हजार कित्ता सेयर आज देखि बिक्री खुल्ला
काठमाडौँ, १६, माघ । नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर सोमबार (माघ १६ गते) देखि बिक्री खुला भएकोे छ ।
बैंकका एक संस्थापक सेयरधनीले दिएको निवेदन बमोजिम संस्थापक सेयर बिक्री खुला गरिएको नबिलले जानकारी गराएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।
यद्दपि, सेयर भाउ आपसी समझदारीमा पनि तय गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सोमबारदेखि ७ दिनभित्रमा नबिलको केन्द्रीय कार्यालय, तीनधारा काठमाडौंस्थित कम्पनीको सचिवको कार्यालयमा पुग्नेगरी निवेदन पेश गर्नुपर्नेछ ।









