image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८, माघ । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।बुधबार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकीएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ । बुधबार यसको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।

बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ १३ पैसा र बिक्रीमा ४३० रूपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।