image
image

भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आयो

काठमाडौँ, १८, माघ । भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटर ८ रुपैयाँले बढेर आएको जनाएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

सोही मूल्य पठाउने प्रक्रियाअनुसार एनओसीलाई प्राप्त विवरणमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८/८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता विनितमणी उपध्यायले बताए ।

उनकाअनुसार मट्टितेलमा ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर, ग्यास प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको उनले जानकारी दिए । एलपीजी ग्यासको मूल्य ७५ रुपैयाँले घटेर आएपनि अहिले प्रतिसिलिण्डर २८० रुपैयाँले घाटा रहेको उनको भनाइ छ ।

त्यसैगरी, पछिल्लो मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटेसँगै निगम पुनः घाटामा गएको उनले बताए । ‘चार महिनादेखि निगमले निरन्तर नाफा कमाएको थियो । उक्त नाफा भएको रकम आईओसीलाई ऋणको किस्ता तिर्दै आएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘आईओसीले नयाँ मूल्य पठाएसँगै निगम १५ दिनमा ९ करोड ४१ रुपैयाँ घाटामा जानेछ ।’ साथै, निगमको आर्थिक भार थपिएको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।