image
image

सेयर कारोबार रकम १ अर्ब ६ करोडले घट्यो

काठमाडौँ, १८, माघ । बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको हो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ४.९७ अंक बढेर २११६ अंकमा कायम भएको हो । ११० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने १३ को स्थिर रहृयो । बैंकिङ ०.६, विकास बैंक ४५, फाइनान्स ९, होटल ५०, जलविद्युत् ३, जीवन बीमा ८८, उत्पादन २८ र निर्जीवन बीमा २० अंक बढे । व्यापार ३, अन्य १ र माइक्रोफाइनान्स उपसमूह १५ अंक घटे । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिद्धार्थ इन्स्योरेन्सको ८, इस्टर्न र राप्ती हाइड्रोको ६ तथा सयपत्री हाइड्रोको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, एनआईसी एसिया बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र स्टान्डर्ड चार्टड बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।