image
image

सुनको भाउ नयाँ उचाइमा

काठमाडौँ, १९, माघ । बिहीबार नेपाली बजारमा  सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 


यसअघि गत माघ १२ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला छापवाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

हिजो बुधबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।