image
image

सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, १९, माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा आयोजना अति प्रभावित क्षेत्रका स्थानीयका लागि १३ लाख ३३ हजार कित्ता रहेको छ । यसमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आयोजना प्रभावित ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको –१, २, ९ र १०, फक्ताङलुन गाउँपालिकाको १, मिक्वाखोला गाउँपालिकाको १ र २, मेरिङदेन गाउँपालिकाको २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५, मैवाखोला–१ वडाका स्थानीय रहेका छन् । यस्तै प्रभावतिमा ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुका लागि १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीयले सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको जिल्लाका बाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।