image
image

शेयर बजार २१ सय विन्दुबाट तल झर्‍याे, आज २२ अङ्कले घट्याे

शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ । 

काठमाडौँ, १९, माघ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।