image
image

याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

काठमाडौँ, १९, माघ । याे वर्ष म्याग्दी जिल्लाबाट मात्र २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख किरन सिग्देलका अनुसार याे सिजन म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको छ।

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा निकासी हुने गरेकाे छ।

‌औसतमा प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको सिग्देलले बताए। सुन्तलाका लागि अनुकूल मौसम भएको र याे वर्ष रोगकाे समस्या नदेखिएकाले उत्पादन बढेको उनले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।