image
image

प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, २०, माघ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने घटेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि बिहिबार प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोकार भएकोमा शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

लगतार बढेर नयाँ उचाई कायम गरेको सुनको मूल्य शुक्रबार भने केही घटेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।