image
image

महिना दिनमा कतिले बढ्यो चामलको भाउ ?

काठमाडौँ, २०, माघ ।  पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धी भइरहेको । त्यसैमध्ये एक हो–चामल। 

सामान्यतया नेपाली बजारमा तीन प्रकारका चामल उपभोग हुन्छन्। जसमा सोना मन्सुली, जीरा मसिनो र लङ ग्रेन छन्। ती मध्ये सबैभन्दा बढी सोना मन्सुली आम उपभोक्ताको पहुँचमा रहको व्यवसायीहरू बताउँछन्। सामाखुशी गोल्खुपाखाका खुद्रा व्यवसायी चन्द्र थापाका अनुसार चामल एक महिनाको अन्तरालमा प्रतिबोरा दुईदेखि पाँच सय रूपैयाँसम्म बढेको छ। 

एक महिना अघि सोना मन्सुली चामल प्रतिबोरा १५ सय देखि १६ सय रूपैयाँ थियो। एक बोरामा ३० किलो हुन्छ। अहिले उक्त चामलको मूल्य प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँसम्म पर्छ। जिरा मसिनो चामल एक महिना अघि १७ सयदेखि १८ सय रूपैयाँमा उपभोक्तालाई बिक्री गर्ने गरिएकोमा अहिले २१ सयदेखि २२ सयसम्म पर्ने गरेको उनी बताउँछन्। यो चामल एक बोरामा २५ किलो हुन्छ। यो चामल मध्यम वर्गका ग्राहकको पहुँचमा छ। 

त्यस्तै, एक महिना अघि २५ सयदेखि २८ सय रूपैयाँमा बिक्री भएको लङ ग्रेन बास्नादार चामलको मूल्य अहिले तीन हजारदेखि ३२ सयसम्म पर्ने गरेको उनको भनाइ छ। उनका अनुसार यो चामल बजारमा बिस किलोको प्याकेटमा उपलब्ध छ। एक महिनामै प्रतिबोरा दुई तीन सयले बढ्नुको कारण के हो भन्नेबारे आफू पनि अन्योल रहेको उनको भनाइ छ। किन यसरी मूल्य बढ्को छ हामीलाई नै थाहा छैन,उनले भने। यसरी एक महिनामै ग्राहकलाई मूल्य बढ्यो भन्न व्यवसायीलाई पनि अप्ठ्यारो पर्ने उनले बताए। 

एक महिनाअघि १६ सय बोरामा बेचेको चामल एक महिनापछि त्यही ग्राहकलाई १८ सय भन्न हामीलाई नै असहज हुन्छ,उनले भने। अत्यधिक मूल्य बढ्दा व्यापार गर्न असहज हुने गरेको उनले गुनासो गरे।  सरकारले तत्काल अनुगमन गरेर चामल बढ्नुको कारण पत्ता लगाउन पर्ने उनको भनाइ छ। भारत सरकारले धान र चामल आयातमा २० प्रतिशत कर लगाएका कारण चामलको मूल्य बढेको थोक बिक्रेता संघका अध्यक्ष देवेन्द्र भक्तले बताए। 

भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि सोहीअनुसार मूल्य बढ्छ, उनले भने, अन्य कारण केही छैन।भारत सरकारले गत भदौ २३ गतेदेखि धान र चामल निर्यातमा २० र २० प्रतिशत कर लगाएको छ।बासमती र उसिनेको चामलमा भने कर लगाएका छैन। तर नेपाली बजारमा बासमती चामलको पनि मूल्य अत्यधिक बढेको छ। 

सबैतिर धानको मूल्य बढेकाले चामलको मूल्य बढेको नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष नरेश राठी बताउँछन्। अहिले नेपाल–भारत दुबै सरकारले धानको मूल्य बढाएको छ, उनले भने, ‘त्यसले गर्दा चामलको मूल्य बढेको हो। भारतीय सरकारले धान र चामल दुबै निर्यातमा बराबर कर लगाउँदा अनौपचारिक बजारलाई प्रोत्साहन गर्ने व्यवसायीहरूको भनाइ छ। बराबर कर लगाउँदा धान आउनै बन्द र ग्रे मार्केटबाट चामल आयात हुन्छ। 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा भारतबाट चार लाख ९५ हजार मेट्रिक टन धान आयात भएको छ। सो परिमाणको धान आयातका लागि नेपालबाट १६ अर्ब ८७ करोड रूपैयाँ बाहिरिएको छ। त्यस्तै, पाँच लाख ४८ हजार मेट्रिक टन चामल आयात भएको छ। सो परिमाणको चामलका लागि नेपालबाट ३२ अर्ब ५४ करोड रूपैयाँ बाहिरिएको छ। 

यहाँको कुल माग वार्षिक ३५ लाख मेट्रिक टन चामल हो। तर उपभोक्ताको रूची अनुरूपको चामल उत्पादन गर्न नसक्दा चामल आयात उल्लेख्य रूपमा आयात भएको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।