image
image

घट्यो सुनको मुल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, २२, माघ ।  हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । अस्ति तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको हो । अस्ति पनि सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो ।

गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको छ । सुनको भाउ अझै केही घट्न सक्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔँस १८ सय ६५ डलर छ । अझै ६५ डलर जति घट्ने अनुमान छ।

अमेरिकामा रोजगारी पाउनेको सङ्ख्या बढ्न थालेसँगै सुनको कारोबारमा पनि प्रभाव पर्न थालेको हो । तर, सुनको भाउ घट्नुमा यसलाई मात्रै कारण मान्न नमिल्ने उहाँको भनाइ छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।